काठमाडौं, १९ फागुन । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीति भएका छन् ।
चेम्वरको ८ औं बैठकले शाक्यलाई चेम्वरको वस्तुगत संघको तर्फवाट सदस्यमा मनोनीत गरेको हो ।
चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको विधान अनुरुप शाक्यलाई सदस्यमा मनोनीत गरेको जनाकारी दिए ।
चेम्वरले कार्यसमितिका मनोनीति गरेकोमा अध्यक्ष शाक्यले खुशी ब्यक्त गरे । उनले आफ्नो तर्फवाट चेम्वरको उद्धेश्य पूर्तिकालागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
चेम्वर मुलुकको सवैभन्दा पुरानो निजी क्षेत्रको प्रतिनिधमिूलक संस्था हो ।