युरोपको सबैभन्दा ठूलो आणविक प्लाण्टमा आगलागी, चर्नोबिल रुसको कब्जामा

काठमाडौं, २० फागुन । युक्रेनको सबैभन्दा ठूलो आणविक प्लाण्टमा आगलागी भएको छ ।

बीबीसीले जनाए अनुसार इनरहोडार सहरका मेयर दिमित्रा ओर्लोभले रुसी सेनाको लगातारको बम आक्रमणबाट प्लाण्टमाको भवन र युनिटमा आगलागी भएको अनुमान गरिएको छ ।

इनरहोडारका मेयर ओर्लोभले यसअघि सहरको बाहिर रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको थियो ।

युक्रेनमा यो समय चार वटा आणविक प्लान्ट चलिरहेका र त्यसमा इनरहोडारमा रहेको जेपोरझेया प्लाण्टमा पनि रहेको बीबीसीमा उल्लेख छ ।

यस प्लाण्टमा परमाणु स्थल चर्नोबिलको परमाणु फोहर पनि ल्याउने गरिन्छ । चर्नोबिल अहिले रुसको कब्जामा छ ।

रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लाण्टमा नियन्त्रणमा लिने कोसिस गरेका थिए ।

तर गएको बुधवार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लाण्टमासम्म पुग्ने बाटो बन्द गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here