सुनको भाउ तोलाको ९९ हजार ९ सय रुपैयाँ

काठमाडौं, २० फागुन । सुनको भाउ तोलाको एक लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९ सय रुपैयाँका दरले बढेर ९९ हजार ९०० रुपैयाँ पुगेको हो

यसैगरी शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । छापावाल सुन बिहीवार तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बुधवार सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँमा पुगेको थियो ।

तर हिजो तोलामा पाँच सय रुपैयाँले घटेको थियो ।चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here