एक महिनामा ३९ सय महिलाले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारी रहर कि बाध्यता ?

काठमाडौं, २० फागुन । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान माघ महिनामा मात्रै ५४ हजार ४७० जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५ हजार ५३० जना पुरुष र ३ हजार ९४० जना महिला रहेका छन् ।

श्रम स्वीकृति लिने महिलामा दक्ष श्रमिकमा १,६२२ जना उच्च दक्षमा १ जना, व्यवसायीकमा १ जना र अदक्षमा १, ९८४ र अर्धदक्षमा ३३२ जना रहेका छन् ।

लाखौँको संख्यामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूमध्ये एउटा महत्त्वपूर्ण हिस्सा महिला पनि बन्ने गरेका छन् ।

बेरोजगारीका अतिरिक्त खासगरि अरूको लहैलहैमा लागेर, अनधिकृत दलालको भर परेर जाने महिलाहरूको संख्या उल्लेख्य रहेको सरोकारवालाहरु बताउँछन् ।

तोकिएको काम र गन्तव्य भन्दा फरक स्थानमा पुग्नुपरेका कारण कयौ नेपाली महिलाहरूले कष्टकर जीवन यापन गर्नुपरेको छ ।

वैदेशिक रोजगार एकातर्फ अवसर भएको छ भने अर्को पाटोमा यो ठूलो जोखिमका रूपमा पनि देखिएको छ ।

यस क्षेत्रबाट देखिएको सकारात्मक स्वरूपहरूमा आर्थिक समावेशीकरण, विप्रेषण, आर्थिक सामाजिक र प्राविधिक पुँजीको विकास, रोजगारी तथा समष्टिगतरूपमा गरिबी न्यूनीकरण र मानव विकासमा प्राप्त योगदानलाई लिन सकिन्छ ।

मानव बेचबिखनको बढ्दो माध्यम, देशभित्र श्रमशक्तिको संकट, ठगी र आर्थिक अपराधको बढ्दो प्रवृत्ति, सामाजिक तथा मनोवैज्ञानिक विखण्डन, धनी र गरिबबीचको बढ्दो खाडल, विलासी जीवनशैली प्रमुख नकारात्मक स्वरूपको रूपमा देखिन्छ ।

देशभित्र रोजगारीका अवसर सिर्जना भए पनि नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको विभागले दाबी गर्दै आएको छ ।


वैदेशिक रोजगारी, रहर कि बाध्यता

दैनिक जीवन सञ्चालन गर्न होस् या आफ्ना छोराछोरीलाई उचित शिक्षा दीक्षा दिन होस् या त उभिने जमिन होस् या टाउको लुकाउने छत निर्माणका लागि किन नहोस विदेश नगई नहुने अवस्था छ नेपालीहरुमा अझै पनि रहेको छ ।

महंगो शिक्षाले छोरा छोरीका लागि उच्च शिक्षा मनोकामना पूर्ण गर्न पनि विदेशिनु पर्ने बाध्यता छ भने धेरै नौजवान युवा महंगो शिक्षा आर्जन गर्न नसक्दा पनि विदेशिन पर्ने बाध्यता रहेको छ ।

परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here