कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी

काठमाडौं, २० फागुन । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताव सुवेदी नियुक्त भएका छन् ।

कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो ।

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए ।

कृषि विकास बैंकमा प्रबेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here