आन्तरिक हवाई भाडा बढ्यो, काठमाडौंदेखि कहाँसम्म कति लाग्छ ? (सूचीसहित)

काठमाडौं, २१ फागुन । हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।

आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको जनाइएको छ ।

सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ । यस्तै काठमाडौ-भैरहवाको भाडा २०५ रुपैयाँ बढेको छ ।

यस्तै काठमाडौ-भद्रपुरको तीन सय, काठमाडौ-सुर्खेतको ३४५ र काठमाडौ-नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले ११२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here