साउदीले १५ वटा देशमाथि लगाएको उडान प्रतिबन्ध घटायो, पीसीआर रिपोर्ट र क्वरेण्टिनका नियम खारेज

काठमाडौं, २२ फागुन । साउदी अरेबियाले अफगानिस्तान लगायत १५ वटा अफ्रिकी देशमाथि लगाएको सिधा उडानमाथिको प्रतिबन्ध हटाएको छ ।

साउदीले दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, मौरिसस, जाम्बिया, माडागास्कर, अंगोला, सेशेल्स, संयुक्त गणतन्त्रराज्य सीधा उडान र राज्यमा आगमनको निलम्बन हटाएको हो ।

त्यस्तै कोमोरोस, नाइजेरिया, इथियोपिया, अफगानिस्तानको पनि सीधा उडान हटाएको त्यहाँको गृह मन्त्रालयको भनाइलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

त्यस्तै कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ ।

शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।

गृह मन्त्रालयको आधिकारिक स्रोतका अनुसार अब राज्यमा आउने यात्रुहरूलाई नेगेटिभ पीसीआर परीक्षण र क्वरेण्टिन आवश्यक नरहेको जनाएको छ ।

साथै मक्का र मदिनामा लागू गरिएको भौतिक दुरीको मापदण्ड पनि हटाइएको छ । तर मास्क लगाउन भने यी ठाउँमा अनिवार्य नै रहेको गल्फ न्युजले लेखेको समाचारमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here