थप ६८ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको निधन

काठमाडौं, २२ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७७ हजार ५०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५३८ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ५९ हजार ९३ पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार ४६१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९४७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here