स्थानीय निर्वाचन: देशभर तोकिए १० हजार ७५६ मतदान स्थल, कुन प्रदेशमा कति केन्द्र ? (सूचीसहित)

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि देशभर १० हजार ७ सय ५६ वटा मतदान स्थल निर्धारण गरिएको छ भने तिनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकिएको छ।

निर्वाचन आयोगका अनुसार आइतबार बसेको आयोगको बैठकले स्थानीय तहको निर्वाचनका लागि मतदाताको संख्या, मतदान स्थल र मतदान केन्द्रको टुंगो लगाएको हो।

आयोगले सार्वजनिक गरेको सूचीअनुसार आगामी स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी प्रदेश नं २ मा हुने भएको छ । यो प्रदेश जनसंख्याका दृष्टिकोणबाट पनि ठूलो प्रंदेश हो ।

वैशाख ३० मा तोकिएको स्थानीय तहको चुनावका लागि प्रदेशतर्फ सबैभन्दा धेरै मतदान केन्द मधेस प्रदेशमा तोकिएको आयोगको भनाई छ ।

मधेस प्रदेशमा चार हजार एक सय ८९ वटा मतदान केन्द्र तोकिएको छ । दोस्रो नम्बरमा बागमती प्रदेश छ । यसमा चार हजार ९५ वटा र तेस्रोे नम्बरमा प्रदेश १ रहेको छ ।

प्रदेश १ मा चार हजार ५१ मतदान केन्द्र रहेका छन् । प्रदेशमा सबैभन्दा कम मतदान केन्द्र कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा १३ सय ८५ मतदान केन्द्र रहेको छ ।

यस्तै दोस्रो कम मतदान केन्द्र सुदूरपश्चिम प्रदेश रहेको छ । जसमा २१ सय तीन मतदान केन्द्र रहेको छ भने तेसो कम नम्बरमा गण्डकी प्रदेशमा २३ सय मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

जिल्लातर्फ सबैभन्दा धेरै मतदान केन्द्र मोरङमा आठ सय २० र सबैभन्दा कम मनाङमा २८ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here