रुसी तेलको प्रयोग रोक्न क्यानाडाले प्रतिदिन थप ३ लाख ब्यारेल तेल निर्यात गर्ने

gettyimages

काठमाडौं । क्यानाडाले यस बर्ष तेलको निर्यात प्रति दिन ३ लाख ब्यारेलसम्म बढाउने भएको छ । रुसी तेलको प्रयोग रोक्न अन्य राष्ट्रलाई सहयोग गर्ने उद्देश्यसहित निर्यात बढाउन लागेको हो ।

विश्वव्यापी उर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन सक्ने क्यानडाका प्राकृतिक संसाधन मन्त्री जोनाथन विल्किन्सनले जानकारी दिए ।

‘धेरै देशहरु रुसी तेल तथा ग्यास विस्थापित गर्नका लागी हामी सकेसम्म मद्धत गर्न प्रतिबद्ध छौ’ उनले भने ।

विश्वको चौथो ठूलो तेल उत्पादक देश क्यनडाले थप १ लाख ब्यारोल प्राकृतिक ग्यास पनि निर्यात गर्न सकिने जानकारी दिएको छ ।

फ्रान्सको पेरिसमा आयोजना गरिएको अन्तरर्राष्ट्रिय उर्जा एजेन्सी आईईए मा विश्वका उर्जा मन्त्रीहरुको बैठकमा यस्तो प्रतिबद्दता गरिएको बताईएको छ । यो बर्षको अन्त्यसम्म हामी पूर्ण रुपमा ३ लाख ब्यारेलमा पुग्ने छौ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here