मौसम नखुल्दा हरेक दिन हवाई उडान प्रभावित

काठमाडौं, १८ चैत । मध्य चैतमा समय काठमाडौंको आकास धुम्म बनेसँगै यसले हवाई उडान नराम्रोसँग प्रभावित बनेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार पोखरा, भरतपुर र तुम्लिङटारमा अबेरसम्म पनि उडान हुन सकेको छैन ।

काठमाडौं विमानस्थगलमा भने उपकरणमा आधारित अवतरण प्रणालीका माध्यमबाट जहाजहरु अवतरण तथा उडान गराउने कार्य भइरहेको छ । यस्तो पं्रणालीमा एउटा जहाज र अर्को जहाजबीचको दूरी कम्तिमा १५ मिनेट राख्नु पर्ने हुन्छ । जसले गर्दा जहाजहरु निर्धारित समयमा उड्न र अवतरण गर्न सक्दैन ।

सोहीकारण उडानहरु डिले हुने समस्या भइरहेको हो । प्रदुषणका कारण काठमाडौंको आकासमा तुवाँलोले छोपेको छ । यसले वायुको पारदर्शीपनाः कम गराएका कारण हवाई उडान प्रभावित बनेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here