नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजको परम्परा धान्दै नेपाली चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आएको छ ।

नेपाली चलचित्रले देशभर एकल प्रदर्शन अवसर पाएको हो । जेरर्ड लेटो स्टारर हलिउड फिल्म ‘मर्बियस’ साथ दिएको छ ।

‘हेल्लो जिन्दगी’ले लण्डनस्थित नेपाली डायस्पोरामा भएको एक आपराधिक घटनाको चित्रण गर्छ । यसलाई ‘मर्डर मिस्ट्री ड्रामा’ भनिएको छ ।

२ घण्टा १३ मिनेट लामो चलचित्रलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन् ।

मिहिनेती र करिअरमा सफल विजय नामक पात्रले चोखो प्रेम प्राप्तिका लागि गरेको संघर्ष र उसको जीवनमा आउने संकटलाई चलचित्रमा चित्रण गरिएको छ ।

बिक्रम डि जोशी, प्रियंका कार्की, दीपीका प्रसाईं, विल्सन बिक्रम राई, एभरेष्ट सूर्य बोहरा, बिक्रान्त बस्नेत, सबिता गुरुङ, जानकी पन्त, ध्रुव दत्त, कुमुद पन्त र सनमकुमार बैराग लगायतको अभिनय चलचित्रमा छ ।

चलचित्रको निर्माता बिक्रम डि जोशी हुन् । निर्माणमा हिराल जोशी र बिक्रम डि जोशी सृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको चलचित्रको को सहनिर्मात्रीमा सबिता गुरुङ रहेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here