कतार विश्वकप : नेपालीसहित आप्रवासी कामदारको बलमा कतारले के-के बनायो ?

Photo : archdaily.com

काठमाडौंं,२० चैत । यस वर्षको फिफा विश्वकप मध्य एसियाली मुलुक कतारले आयोजना गर्दैछ । तर, विडम्बना यो विश्वकप अहिलेसम्मकै विवादित बन्न पुगेको छ ।

विवादका अनेक कारण छन्, जसमा युक्रेन र रुसको युद्धको छायाँ पनि देखिएको छ । सोहीकारण रुसले विश्वकप गुमाएको छ । विवादको अर्को कारण हो, स्वयमः कतार ।

कतारमा विश्वकप आयोजनाको सुनिश्चिततासँगै उसले संरचना निर्माणको काम थालेको हो । जसमा आप्रवासी कामदारको ठूलो भूमिका रहेको छ । तर, यसबीचमा ज्यान गुमाएका साढे ६ हजार कामदारका परिवारको पिडा भने कतारले कहिले पनि भुलाउन सक्ने छैन ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विश्वकपका लागि कतारले ७ वटा नयाँ रंगशाला निर्माण गरेको छ । एउटा नयाँ विमानस्थल पनि यसै अवधिमा बनेको हो । साथै मेट्रो परियोजना र सडक परियोजनाको काम समेत यसै अवधिमा भएका छन् । यी परियोजनामा ३० हजार आप्रवासीले काम गरेका थिए ।

सन् २०१६ मा एम्नेष्टी इन्टरनेशनले कतारमा आप्रवासी कामदारलाई अमानवीय तरिकाबाट काममा लगाइएको प्रतिवेदन सार्वजनिक भएको थियो । त्यसपछि कतारले आफुलाई केही सच्याउन थालेको थियो । किनकी यो खबर सार्वजनिक भएपछि कतारको कडा आलोचना पनि भएको थियो ।

सन् २०१७ पछि कामदारलाई दिउँसोको कडा घाममा काममा लगाउन छाडिएको छ । ह्यूमन राइट्स वाचको सन् २०२१ को प्रतिवेदन अनुसार कतारमा विश्वक हुने घोषणा भएयता ६५०० आप्रवासीको मृत्यु भइसकेको छ । जसमा भारत, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका नागरिक धेरै छन् ।

तर, कतारले भने भने सन् २०१४ देखि २०२० को बीसमा मात्र ३७ कामदारको मृत्यु भएको र त्यसमध्ये ३४ जनाको कामका कारण नभएको दावि गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here