सिलवालको रिट खारेज, राखेपमा सदस्य सचिव घिसिङलाई काम गर्ने बाटो खुल्यो

काठमाडौं, २२ चैत । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार सिलवालको रिट खारेज गरिदिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषदको सदस्य-सचिवबाट हटाउने सरकारको निर्णयविरूद्ध रमेशकुमार सिलवाल सर्वोच्च अदालत गएका थिए ।

रिट खारेज भएसँगै अब सरकारले नियुक्त गरेका टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको रूपमा काम गर्न बाटो खुलेको छ ।

सिलवाललाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक १ गते सदस्य सचिवबाट बर्खास्त गरेको थियो।

सरकारले सिलवाललाई हटाएर गएको मंसिर १३ गते घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here