सन् २०२२ भित्र ६ हजार नेपाली कामदार लैजादै कोरिया

काठमाडौं । दक्षिण कोरियाले सन् २०२२ मा ६ हजार भन्दा बढी नेपालीलाई कामदारका रुपमा लैजाने भएको छ । कोरियाले रोजगार अनुमती प्रणाली इपीएस मार्फत सो बराबर नेपाली लैजाने भएको हो ।

जुन कोभिडले प्रभावित बर्षहरु २०२० र २०२१ को तुलनामा बढी हो । दक्षिण कोरियाले आफ्ना १६ ओटा इपीएस साझेदारी देशहरुबाट ५९ हजार कामदाररु दिइरहेको छ । जसमध्ये ३५ हजार नयाँ र २३ हजार ४ सय ७० कामदारलाई प्रतिबद्धता अनुसार पुन: प्रवेश गराइने छ ।

अहिले ६ हजार नेपाली कामदार लैजाने पक्का हो, तथापी कोरियामा नेपाली कामदारले राम्रो काम गरिरहेकोले महामारी अघिको जस्तो बढाउन सकिने कोरियाको नेपालस्थित एपीएस शाखाका मानव संसाधन विकाश सेवा प्रतिनिधी किमउन डकले बताए । कोरियाले २०१६ २०१९ मा ८ हजार कामदार लगेको थियो ।

तर कोभिडले गर्दा २०२० तथा २०२१ मा क्रमशः ९५५ र ३८९ कामदार मात्र लगेको थियो । यो बर्षको पहिला ३ महिनामा नेपालबाट १ हजार २ सय ८५ कामदार दक्षिण कोरियामा कामदारका रुपमा गएका छन् ।

जसमध्ये र ७ सय ५२ कोरिया ७ सय ५२ नयाँ र ५ सय ३३ पुराना हुन् । २८ हजार १ सय २८ नेपाली हाल कोरियामा कार्यरत छन् ।

जसमध्ये १९ जार ६ सय ५४ उत्पादन क्षेत्रमा,८ हजार ४ सय २३ कृषिमा,४१ जना माछापालन र ३ जना कन्स्टक्सनमा आवद्ध छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here