सिंगल थ्रिएटरमा ‘मैले आई लभ यू भन्नै सकिनँ’,मल्टिप्लेक्समा’आरआरआर’को दबदबा

काठमाडौं । बुद्धि तामाङ अभिनित चलचित्र ‘मैले आई लभ यु भन्नै सकिनँ’ प्रदर्शनमा आएको छ ।

शुक्रबारदेखि मुलुकभरका दुई दर्जनभन्दा बढी एकल पर्दाबाट यो फिल्म रिलिज भएको हो ।

मल्टिप्लेक्समा पहिलै प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ लगायत केहि विदेशी फिल्मलाई निरन्तरता दिइएको छ।

तेस्रो सातामा प्रदर्शन भइरहेको ‘आरआरआर’को अकुपेन्सीमा केही कमी आएपनि अन्य फिल्मलाई चुनौती कायमै छ ।

एक्सन-कमेडी फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, सुनिल भुषाल, जयनन्द लामा, सुरज कार्की, सुभाषलगायत कलाकारले अभिनय छ।

शंकर कार्की र बाबु जिम्बाले निर्देशन गरेको फिल्मका निर्माता प्रेम श्रेष्ठ हुन् भने सह(निर्देशकमा प्रणव सुवेदी छन्।

फिल्ममा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशिल डाँगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here