जी-बबको गाएका पहिलो अफिसियल गीत ‘भाग भाग अब धेरै न दे धाक’ (भिडियोसहित)

काठमाडौं । ‘एएनटीएफ’ नामक गायन प्रतियोगितामार्फत् चर्चामा आएका यापर सुदीप भण्डारी अर्थात् जी–बब पछिल्लो समयका भाइरल बनेका छन् ।

सामाजिक सञ्जालदेखि चारैतिर उनले गाएको गीत चर्चामा छन्। यसबीच फिल्म ‘ए मेरो हजुर ४’को निर्माण पक्षले उनलाई प्रचारका लागि प्रयोग गर्दै गाउन लगाएको गीत सार्वजनिक भएको छ।

‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेपछि जी-बबको पहिलो अफिसियल गीत ‘भाग भाग अब धेरै न दे धाक’ रिलिज भएको छ । नेपाली फिल्म ‘ए मेरो हजुर ४’ मा समावेश गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् ।

गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ भने हुकलाइन हाकिम भनिने सुरेन्द्र गुरुङबाट लिइएको हो । गीतको भिडियोलाई संजय लामाले छायांकन गरेका हुन् भने यसमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतलाई साहिल खानले सम्पादन गरेका हुन् ।

गीत सार्वजनिक भएको छोटो समयमा नै युट्युबको ट्रेन्डिङमा परेको छ ।

झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’ वैशाख १ गते प्रदर्शनमा आउँदै छ। फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राई, रवि गिरीलगायतको अभिनय छ ।

फिल्ममा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व, रामजी लामिछाने, कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा, झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

फिल्मलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।