सेगवे नाइनबटले ल्यायो स्मार्ट इलेक्ट्रिक स्कुटर ई–१२५, मूल्य कति ?

काठमाडौं । सेगवे–नाइनबटले नेपालमा आफ्नो आकर्षक र नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ।

सेगवे विश्वव्यापी रुपमा लोकप्रिय र उच्च बिक्री हुने इ–स्कुटर ब्रान्ड हो। नेपालमा सेगवे ई–१२५ को विक्री यही चैत १९ देखि वारेन्टीसहित सुरु भइसकेको छ।

नेपालमा नाइनबटका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ।

सेगवे ई–१२५ का विशेषताहरू

ईलेक्ट्रिक स्कुटर ई–१२५ संयुक्त राज्य अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डोट डिजाइन अवार्ड विजेता यो इलेिक्ट्रक स्कुटर सेगवे नाइनबटद्वारा बनाइएको ई श्रृङखला अन्तर्गतको पहिलो स्कुटर हो ।

यो ईलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरू रहेका छन् । स्कुटरमा प्रगतिशील एन्टी थेप्ट सिस्टम समेत राखिएको छ ।

प्रति घण्टा ७५ कि.मी. सम्म कुद्ने सेगवे ई–१२५ मा अधिकतम २,४०० वाट द्ययकअज ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएम को अधिकतम टर्क उपलब्ध गराउँछ ।

ड्राइभिङ दायराका लागि ७४ख् र २७ब्ज लिथियम ब्याट्री भएको यो स्कुटरको औसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमा स्कुटरको लागि डबल ब्याट्री स्पेस पनि छ । स्कुटर सँगै सिङ्गल ब्याट्री पनि आउँछ र ग्राहकले चाहेमा अर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।

द्ययकअज को १० औँ पुस्ताको डुअल च्यानल एबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधा प्रदान गर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्च सुविधाहरू प्रदान गर्दछ ।

क्ष्एह्छ वाटरप्रुफ सेगवे ई–१२५ पानीमा पनि सजिलै चलाउन सकिन्छ । साथै, जहाँ अधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ ।

सेगवे इ–१२५ दूई भिन्न आकर्षक रङ्गहरूमा उपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपाली मूल्य रु. ३ लाख ९१ हजार तोकिएको छ ।

छोटो दुरीका लागि उपयोगी सवारीसाधन बनाउने विश्वप्रसिद्ध सेगवे नाइनबट कम्पनी सन् १९९९ मा संयुक्तराज्य अमेरिकाको बेडफोर्ड एनएचमा स्थापना भएको थियो ।

यो व्यावसायिक ग्रेड, इलेक्ट्रिक स्तरका र सेल्फ–ब्यालेन्सिङ निजी सवारीसाधन बनाउनमा विश्वकै उत्कृष्ट कम्पनी हो । नाइनबट बेइजिङमा २०१२ मा स्थापना भएको रिसर्च एण्ड डेभलपमेन्ट, उत्पादन, विक्री र सेवालाई एकीकृत गर्ने एक अत्याधुनिक छोटो दूरीको यातायात उपकरण अपरेटर हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here