स्थानीय तह निर्वाचनपछि ‘खेर गएको पाँच वर्ष’, कांग्रेसको संकल्प पत्र १२ काम गर्ने र ७ नगर्ने प्रतिज्ञा

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

नेपाली कांग्रेसले घोषणापत्रमार्फत स्थानीय तहको पाँच वर्षलाई ‘खेर गएको पाँच वर्ष’ भनेको छ । खेर फाल्नेलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

स्थानीय सरकारको एउटा अवधि त्यसै खेर गएको समीक्षा गरिएको कांग्रेस महामन्त्री तथा घोषणापत्र तयारी समिति संयोजक गगनकुमार थापाले बताए ।

घोषणापत्रमा २०७४ को निर्वाचनपछि खेर गएको पाँच वर्ष, प्रदेश र केन्द्रमा नेकपाको सरकार, नेकपा सरकारको अधिनायकवाद र सर्वसत्तावाद, प्रतिनिधिसभा विघटन, लोकतान्त्रिक गणतन्त्र र संविधान असफल बनाउने षड्यन्त्र, प्रतिपक्षमा कांग्रेसले निभाएको जिम्मेवारीपूर्ण भूमिका, राष्ट्रिय संकटको बेला कांग्रेसले खेलेको भूमिका, आगामी १० वर्षमा समुन्नत नेपालको राष्ट्रिय संकल्प र मार्गचित्र प्रस्तुत गरेको छ ।

घोषणापत्रमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारको पालामा ‘अधिनायकवाद र सर्वसत्तवादको सूत्रपात’ भएको उल्लेख छ ।

एमाले पार्टी सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको पनि महामन्त्री थापाले दाबी गरे ।

८४ पृष्ठ लामो उक्त पत्रमा विविध मुद्धा र तिनका समाधानका उपाय समावेश छन्। ‘नेपाली कांग्रेसको संकल्प’ नाम दिइएको पत्रको ८३ औं पृष्ठमा कांग्रेसले ‘हाम्रो प्रतिज्ञा’ शीर्षकमा आफूले गर्ने नगर्ने प्रतिज्ञा लेखेको छ।

‘हामी के गर्छौँ’ उपशीर्षकमा उसले १२ र ‘हामी के गर्दैनौँ’ उपशीर्षकमा ७ बुँदे प्रतिज्ञा व्यक्त गरेको छ।

कांग्रेसको घोषणा पत्र सार्वजनिक, जनतालाई अनावश्यक सपना नबाँड्ने (पूर्णपाठ)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here