मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य

काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ ।

सवारी साधन कर्जाले आयात बढाएको भन्दै अर्थमन्त्रालयले त्यसलाई नियन्त्रण गर्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा राष्ट्र बैंकले सवारी साधन कर्जामा कडाई गर्न लागेको हो ।

राष्ट्र बैंकले यसअघि पनि सवारी साधन कर्जाम कडाई गरिसकेको छ । हाल बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको बढीमा ५० प्रतिशत मात्र ऋण दिन पाउँछन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत सम्म थियो ।

हाल नेपालको कुल आयातमा सवारी साधनको हिस्सा पनि उच्च छ । यसकारण अर्थमन्त्रालयले यसलाई घटाउन चाहेको हो ।

आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ‘ट्रष्ट रिसिप्ट’ (टीआर) कर्जा रोक्ने संकेत देखाएको छ । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पनि टीआर कर्जा बन्द गर्ने बारे गृहकार्य भइरहेको बताए ।

टीआर कर्जा भनेको सवारी साधन आयषत गर्दा बैंकलाई बैंकले प्रदान गर्ने कर्जा हो । यसमा कडाई गर्दा आयातकर्ताले सवारी साधन आयात गर्न पाउदैनन ।

अर्थमन्त्रालयले पनि टीआर कर्जा रोक्न राष्ट्र बैंकलाई निर्देशन दिएको स्रोतले बताएको छ । यहीकारण राष्ट्र बैंकले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा कडाई गरेर विद्युतीय सवारीलाई प्रोत्साहन हुने गरी नीति बनाउन रागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

राष्ट्र बैंकका अनुसार गत वैशाखसम्म हायरपर्चेज कर्जा साढे ७ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा यो कर्जा ११ प्रतिशतले बढेको थियो । सो अवधिमा बैंक तथा वित्तीय संस्था हार्यर पर्चेज क्षेत्रमा १ खर्ब ८३ अर्ब रुपैयाँ लगाी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here