पिज्जा हटले नेपालमा ल्यायो सान फ्रान्सिस्को शैलीको पिज्जा

काठमाडौँ, ३० बैशाख । पिज्जा हटले सान फ्रान्सिस्को शैलीको पिज्जा नेपालमा सार्वजनिक गरेको छ ।

पिज्जामा शेफको विशेष सस र एक्स्ट्रा भर्जिन आलिभ आयल ड्रिजलको प्रयोग गरिने कम्पनीले बताएको छ ।

लाईटर, क्रिस्पियर भनिएको यो परिकार पिज्जा हटको मेनुमा मात्र रु. ३ सय ८९ बाट उपलब्ध छ । यसको भेज÷ननभेज दुबै परिकार उपलब्ध छन् ।

यो पिज्जा बनाउन सावर डोको प्रयोग गरिन्छ जसले सान फ्रान्सिस्को शैलीको पिज्जालाई हल्का, क्रिस्पी बनावटको साथ अद्वितीय र विशिष्ट स्वाद दिन सयोग गर्ने कम्पनीको भनाइ छ ।

काठमाडौँ उपत्यकाभरका ग्राहकले कुनै पनि उपलब्ध एग्रीगेटरहरुमार्फत सो पिज्जाको डेलिभरीको लागि अर्डर पनि गर्न सक्छन् । यो पिज्जा २४० डिग्रीमा पकाइन्छ र ट्याम्पर प्रुफ बक्सहरुमा प्याक गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here