पश्चिम रुकुमको चौरजहारीमा कांग्रेस र एमालेको गठबन्धन पराजित गर्दै माओवादी विजयी

काठमाडौं, ४ जेठ । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी शर्मा विजयी भएका हुन् ।

नगरप्रमुखमा विजयी माओवादी केन्द्रका पुष्प वादी ६८८२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमबहादुर वलीले ६३११ मत पाए । उनीहरुबीचको मत अन्तर ५७१ छ ।

यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी इश्वरी शर्मा (विएम) ७ हजार २ मत सहित विजयी भइन् । उनले नेकपा एमालेका उम्मेदवार टंक प्रसाद ओलीलाई १ हजार २५८ मतले पछि पारिन् । ओलीले ५७४४ मत पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here