अन्तर्राष्ट्रिय योग गुरु ‘आर्चाय राजन शर्मा’ को पहलमा विश्व ध्यान दिवस घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय योग गुरु आर्चाय राजन शर्मा (भिमसेन सापकोटा) को पहलमा विश्व ध्यान दिवस घोषणा गरिएको छ ।

२५६६ औँ बुद्ध जयन्तीको अवसरमा विश्वका ८० भन्दा बढी देशका ध्यान प्रेमीहरूले प्रत्यक्ष एवम् अनलाइन मार्फत बुद्ध जयन्तीको दिनलाई अन्तर्राष्ट्रिय ध्यान दिवस गरिएको हो ।

विश्वभर ध्यानको महत्त्व बढ्दै गएकाले विश्व ध्यान दिवस मनाउन सुझाएका छन् राजन शर्माले उनले जीवनमा तनावलाई कम गर्न तथा सही मार्गमा डोर्‍याउन ध्यान जरुरी रहेको बताएका छन् ।

उक्त कार्यक्रम विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजले स्वयम्भू स्थित गीता मन्दिरमा आयोजना गरेको थियो ।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका २०० भन्दा बढी योग गुरुहरूको प्रत्यक्ष सहभागिता रहेको थियो भन्ने दीप प्रज्वलन, मन्त्रोच्चारण, शंखघण्ट वादन गरी सहभागीहरूले एक्कै साथ ध्यान गरेका थिए ।

विश्व योग गुरु एवम् विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक राजन शर्माले मानिसहरूमा आध्यात्मिक जागरण जरुरी रहेको र केवल ध्यानबाटै सम्भव हुने भएकाले बुद्ध पूर्णिमाको दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी नेपालको गौरव, गरिमा र बुद्धको पहिचान प्रतिष्ठित गरिनुपर्छ र यस दिशामा प्रयास गर्न नेपाली जनता, राजनीतिकर्मी र बुद्धिजीवीसँग आग्रह पनि गरेका छन् ।

उक्त कार्यक्रममा विश्व योगगुरु आचार्य राजन शर्माले अहिलेको समयमा संसारका हरेक मानव समुदायहरूमा आध्यात्मिक जागरण अत्यन्तै जरुरी रहेको र यो जागरण केवल योग ध्यानबाट मात्रै सम्भव हुने बताए ।

बुद्ध पूर्णिमाको बिशेष दिनलाई विश्व ध्यान दिवसका रूपमा स्थापित गरी हाम्रो तपोभूमी,योगभूमि,ऋषिमुनिहरुले साधना र तप गरेको भूमी नेपालको गौरव,गरिमा उच्च राख्नको लागि बुद्धको पहिचान प्रतिष्ठित गरिनुपर्ने कुरा ब्यक्त गरेका छन ।

उनले नेपाललाई बिश्व सामु योगभूमी एवं योगीहरुको देश भनेर चिनाउनलाई निरन्तर प्रयास गरिनु पर्ने समेत बताए। यसका निम्ति प्रयास गर्न सम्पूर्ण नेपाली जनता,राजनीतिकर्मी, बुद्धिजीवी तथा सम्पूर्ण सरोकारवालासँग आग्रह समेत गरेका छन।

कार्यक्रममा उनले अबको ५ बर्ष भित्रमा नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ५००० जना योग शिक्षक तयार पार्ने विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) को लक्ष्य समेत रहेको बताए ।

को हुन् शर्मा ?

विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक प्राचार्य एवम् अन्तर्राष्ट्रिय योगगुरु सापकोट अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाललाई योग गन्तव्य बनाउने अभियान लागि परेका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका शर्माले सन् २०१७ मा अमेरिकी आकाशमा उडिरहेको विमान ‘एटलान्टा’ मा न्युयोर्कबाट लस एञ्जेलस सम्मको पाँच घण्टे उडानमा उत्प्रेरणात्मक योग शिविर सञ्चालन गरी विमानभित्र योग शिविर सञ्चालनको पहिलो कीर्तिमान शर्माकै नाममा रहेको छ ।

महाशक्ति योग विज्ञान पद्धतिलाई प्रवर्द्धन गर्दै आएका उनी विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको संस्थापक समेत हुन् । लेखक र कविको रुपमा समेत परिचित शर्मा चर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र’ का सर्जक हुन् ।

अष्ट्रेलियामा अध्यापन तथा योग प्रवद्र्धन गरिरहेका योगी आचार्यले योगका साथै खगोल विज्ञान, अर्थशास्त्र, पत्रकारिता, सिभिल म्यारिज सेलेब्रेन्ट, लेखा र प्राकृतिक चिकित्सा विषयमा समेत स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् ।

शर्माको अभियानले अष्ट्रेलिया नेपाली पहिचानकै पशुपतिनाथ, बौंद्ध मन्दिर तथा विश्व शान्ति आश्रम समेत स्थापना भइ सञ्चालनमा आएको छ । ३२ रोपनीको कम्पाउन्डबीचको २०० वर्ष पुरानो पुरातात्विक चर्च भवन उनकै पहलमा शिवालय र बौंद्ध विपश्यना ध्यान केन्द्र परिणत भएको हो ।

भने २ वटा ड्याम (तलाउ) सहितको १५ हेक्टर जमिन नेपाली गौशालालाई उपलब्ध भएको छ ।

ओरेन्ज, बाथस्ष्ट,क्यानवेरा, काउरा ,सिडनी शहरको मध्य भाग स्थित एतिहासिक शहर ‘लिन्डस्ट’मा व्यस्त दिनचर्या बाट विश्राम लिन वा विदाको सदुपयोग गर्दै आन्तरिक शान्ति वोध गर्न पाल्नको लागि अन्तराष्ट्रिय योगगुरु आर्चाय राजन शर्माले आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here