भरतपुर महानगरपालिकामा रेणु दाहालको मत अन्तर फराकिलो बन्दै

काठमाडौं, ४ जेठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मत अन्तर थप फराकिलो बनाएकी छन् ।

पछिल्लो मत परिणाम अनुसार रेणुले एमालेका उम्मेदवार विजय सुवेदीलाई १ हजार ८५२ मत अन्तरले पछि पारेकी छिन् ।

अहिलेसम्म २८ हजार ६४ मतगणना गरिएको छ । दाहालले १० हजार ४४९ मत पाएकी छन् । एमालेका सुवेदीले आठ हजार ५९७ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले चार हजार ६९६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।

चितवनको भरतपुर महानगरमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले तथा नेकपा एमाले र राप्रपाले चुनावी तालमेल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here