माधव नेपालको गृहपालिका गौर नगरपालिकामा एकीकृत समाजवादी विजयी

काठमाडौं, ४ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको गृहपालिका गौर नगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका शम्भू साह विजयी भएका छन्।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अजय गुप्तालाई पराजित गर्दै साह विजयी भएका हुन्।

साहले ७ हजार ५२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३ हजार ७ सय ७ मत प्राप्त गरे।

गौरको मेयरमा जसपाबाट पूर्वउपमेयर किरण ठाकुर, नेपाली कांग्रेसबाट मोहनकुमार यादव उम्मेदवार थिए।

यसैगरी, उपमेयरमा एकीकृत समाजवादीकी शैलकुमारी साह विजयी भएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here