एमाले नेताको आक्रोश-‘गभर्नरमाथि कारबाही गर्नेले न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि राजीनामा दिनुपर्दैन?’

काठमाडौं, ४ जेठ । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नरमाथिको कारबाही घटना कोट्याएका छन् ।

प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा अर्थमन्त्री शर्मालाई पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

अधिकारीले भने, ‘गलत नियतबस गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन ?’ यतिमै रोकिएनन् उनले यस्तो गैर जिम्मेवार व्यक्तिबाट मुलुकले कस्तो आर्थिक सुधारको अपेक्षा गर्ने ? भनेर प्रश्न समेत गरे ।

उनले जलस्रोत, दातृ निकायलगायतका विषयमा राष्ट्रिय सहमति आवश्यक भए पनि अर्थमन्त्रीका रुपमा शर्माले नियम तोडिरहेको बताए ।

‘गठबन्धनका नाममा धावा बोलेर अर्थतन्त्रका नियम तोड्दै हुनुहुन्छ, कार्यकर्ताको भर्ती केन्द्र बनाउने अनि वित्तीय संस्था र संवैधानिक निकायमाथि धावा बोलेर ब्रम्हलुट गर्न खोज्ने ?’ उनले भने, ‘अर्थमन्त्री शर्माले वित्तीय अनुशासनका आधारभूत नियम तोडिरहनु भएको छ ।’

उनले अर्थमन्त्री शर्मा बदनाम भइरहेको समेत आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here