भरतपुर अपडेट : रेनुको अग्रता फराकिलो बन्दै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)की उमेदवार रेनु दाहालले मतान्तर थप फराकिलो पार्दै लगेकी छन् ।

बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् । उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् ।

कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here