गोकुल बाँस्कोटाको गृहनगर मण्डनदेउपुरमा एकीकृत समाजवादीसँग एमाले पराजित

काठमाडौं, ५ जेठ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

सत्ता गठबन्धनबाट मेयर बनेमा एकीकृत समाजवादीका टोकबहादुर तामाङले ९ हजार ४०६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विदुरप्रसाद सापकोटा ८ हजार ३५१ मत पाए।

उपमेयरमा कांग्रेसका विष्णुमणी नेपालले ११ हजार ३०५ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here