रोहितकुमार पौडेल बने नेपाली क्रिकेट टिमको उपकप्तान

काठमाडौं,५ जेठ । नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । बिहीबार नेपाल क्रिकेट संघ”९(क्यान)ले रोहितलाई उपकप्तान बनाएको हो ।

रोहितलाई अमेरिका र स्कटल्यान्ड भ्रमणका लागि उपकप्तान बनाइएको क्यानले जानकारी दिएको छ ।

दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

रोहितले नेपालका लागि १७ एकदिवसीय र १६ टी-२० खेलिसकेका छन्। १९ बर्षिय रोहितले सन् २०१८ मा राष्ट्रिय टिममा डेब्यू गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here