एक हजार रूपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ६ जेठ । नेपाली बजारमा शुक्रवार सुन-चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा शुक्रवार एक हजार रुपैयाँले बढ्दै छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको हो ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै ७६ हजार ८०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ५५ रूपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here