१ अर्ब १० करोड पुरस्कार राशीको विश्वकप क्रिकेटमा विजेता र उपविजेताले कति पाए ?

काठमाडौं, ३० असार । रोमाञ्चक फाइनलमा न्यूजील्याण्डलाई हराउँदै यसपटकको आईसीसी एकदिवसिय विश्वकप क्रिकेट पहिलोपटक इंग्ल्याण्डले जितेको छ ।

क्रिकेटको जन्मघर मानिने लण्डनको लर्डस् रंगशालामा भएको फाइनलमा इंङ्ल्याण्डले सुपर ओभरमा न्यू जिल्याण्डलाई हराउँदै उपाधि जितको हो ।

निर्धारित ५० ओभरको खेलमा दुवै टिमले समान २४१ रन ल्याएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिले व्याटिङ गरेको इंङ्ल्याण्डले १५ रन बनायो भने जवाफी ब्याटिङमा उत्रिएको न्यूजील्याण्ले पनि १५ रन नै बनायो ।

सुपर ओभरमा पनि खेल टाई भएपछि ५० ओभरको खेलमा जुन टिमले धेरै बाउन्ड्री (छक्क/चौका) प्रहार गरेको छ त्यहि टिमले जित्ने आईसीसीको नियम अनुसार इंङ्ल्याण्ड विजयी भयो ।

इंङ्ल्याण्डले २४ वटा बाउन्ड्री प्रहार गरेको थियो भने न्यूजील्याण्डले १७ वटा मात्रै बाउन्ड्री प्रहार गरेको थियो ।

कसले कति पुरस्कार पाए ?

आईसीसीले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को सहभागी तथा विजेता राष्ट्रलाई दिने पुरस्कार राशी १ करोड अमेरिकी डलर अर्थात करीब एक अर्ब १० करोड नेपाली रुपैयाँ छुट्याएको थियो ।

नियम अनुसार विश्वकपमा सहभागी सबै टिमले धेरथोर पुरस्कार रकम प्राप्त गर्छन् ।

विश्वकप विजेता इंङ्ल्याण्डले सबैभन्दा धेरै ४ मिलियन डलर अर्थात करीब ४४ करोड रुपैयाँ पाएको छ । त्यस्तै दोस्रो भएको न्यूजील्याण्डले २ मिलियन डलर अर्थात करीब २२ करोड रुपैयाँ प्राप्त गर्यो ।

सेमिफाइनलमा प्रवेश गरेर हारेका २ टिम (अष्ट्रेलिया र भारत) ले समान ८ लाख डलर अर्थात ८ करोड ८० लाख रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, लिग चरणको खेल जित्ने देशले प्रतिखेल ४० हजार डलर प्राप्त गरे भने लिग चरणमा बाहिरिने सबै टिमले समान १ लाख डलर प्राप्त गरे ।

मे ३० देखि जुलाई १४ गतेसम्म इंग्ल्याण्ड र वेल्समा सञ्चालन भएको यस आईसीसी विश्वकप २०१९ को ‘म्यान अफ द सिरीज’ भने न्यूजील्याण्डका कप्तान केन विलियमसन घोषित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here