काठमाडौं । काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (बालेन) ले २८ हजार ८८२ मत ल्याएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १५ हजार ३१२ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की रेनु दाहालले २१ हजार ४९२ मत ल्याएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजय सुवेदीले १८ हजार २७० मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालले राजेशमान सिंहले २२ हजार ५९६ मत ल्याएका हुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का विजयकुमार सरावगीले ११ हजार ७८५ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेपाली काँग्रेस) चिरीबाबु महर्जनले २१ हजार ३११ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १२ हजार १४९ मत प्राप्त गरेका छन् । महर्जन र ब्यजञ्जनकारको मतान्तर ९ हजार १६२ रहेको छ ।
यस्तै, पोखरा महानगरपालिकामा अहिलेसम्म सत्ता गठबन्धनका उमेद्वार (नेकपा एस) का धनराज आचार्यले २६ हजार ९६८ मत प्राप्त गरेका छन् भने एमालेका कृष्णबहादुर थापाले २३ हजार ६९८ मत प्राप्त गरेका छन् । आचार्य र थापाको मतान्तर ३ हजार २७० रहेको छ ।
विराटनगर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका उमेद्वार (नेपाली कांग्रेस) नागेश कोइरालाले अग्रता कायम राखेका छन् ।
उनले अहिलेसम्म २५ हजार ३१२ र एमाले उम्मेदवार सागर थापाले १८ हजार ८३५ मत प्राप्त गरेका छन् । कोइराला र थापाको मतान्तर ६ हजार ४७७ रहेको छ ।