काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, कसले कति ल्याए ?

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

शुक्रबार दिउँसो साढे चार बजे आयोगले गरेको अद्यावधिक विवरणमा साहले २७,१३४ मतसहित आफ्नो अग्रता कायमै राखेका हुन् ।

त्यस्तै साहका प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४,५६३ र गठबन्धन उम्मेदवार सिर्जना श्रेष्ठले १४०७४ ल्याएकी छन् । साह र स्थापितबीचको मतान्तर १२५७१ रहेको छ ।

त्यसैगरी उपमेयरतर्फ एमालेकी सुनिता डंगोलले २६,८५२ मतसहित अग्रता बनाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९३१६ मत मात्र पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here