काठमाडौं महानगर: बालेन शाहको फराकिलो अग्रता कायमै, केशव स्थापित तेस्रो

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन्।

पछिल्लो मत परिणाम अनुसार स्थापितभन्दा सिंह २०१ मतले अगाडि छिन्। सिंहले २१ हजार २२९ र स्थापितले २१ हजार ८ मत पाएका छन्।

अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले ३८ हजार ३३३ मत ल्याएका छन। उप मेयरमा एमाले उम्मेदवार सुनिता डंगोल अग्रस्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here