धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

काठमाडौं, ८ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन्।

हमाल १२ हजारभन्दा बढी मतान्तरका साथ मेयरमा विजयी भए । अघिल्लो निर्वाचनमा उनी वडसँग २ हजार ७९७ मतले पराजित भएका थिए । ०७४ को निर्वाचनमा हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।

यसपालि उपमहानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।

उनी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गर्दै उपमेयरमा निर्वाचित भएकी हुन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here