काठमाडौं महानगरमा १ लाख १३ हजार मत गणना, ४० हजार मतसहित बालेन दबदबा

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

हालसम्म १ लाख १३ हजार मत गणना सकिएको छ । जारी मतगणना अनुसार महानगरको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ४० हजार मत कटाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेनले ४० हजार ४२७ मत पाएका छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा आएकी छन् ।

आइतबार दिउँसोसम्म सिंहले २३ हजार १९३ मत पाएकी छन् भने स्थापितले २२ हजार ४१५ मत सहित पछ्याइरहेका छन् । सिंहको बालेनसँगको मतान्तर भने १७ हजार २३४ रहेको छ ।

महानगरमा अब ८६ हजार मत गणना हुन बाँकी छ । महानगरको वडा नम्बर ९, १०, ११, १२ र २३, २४, २५ र २६ को मतगणना जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here