ललितपुरकाे खुमलटारमा खुल्याे जनता बैंककाे १४२ औं शाखा

काठमाडाैं, ३० असार । ललितपुर जिल्लाको खुमलटारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ ।

बैंकले खुमटारमा आफ्नो १४२ औं शाखाकाे औपचारिक उदघाटन गरी कारोवार शुभारम्भ गरेको हाे ।

शाखाको उदघाटन बैंक संचालक समिति अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिए । उदघाटन कार्यक्रममा बैंकका अन्य संचालक र प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको समेत उपस्थिति थियो ।

यससँगै जनता बैंककाे शाखाको सञ्जाल १४२ पुगेको छ भने काठमाडौं उपत्यकामा मात्रै २४ वटा शाखा भएकाे छ । हाल बैंकले १०८ एटिएम, ५० शाखा रहित बैंकिङ्ग, १ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर मार्फत पनि सेवा प्रदान गर्दै आइरहेको बताएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here