भरतपुर महानगरपालिका: रेणु दाहालको मत अन्तर फराकिलो बन्दै

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन्।

अहिलेसम्म ९४ हजार २३२ मतगणना भएकोमा रेनुले ३७ हजार २७ मत ल्याएकी छन्। नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले भने २८ हजार ९६८ मत ल्याएका छन्।दाहाल र सुवेदीबीचको मतान्तर ८ हजार ५९ छ। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले १२ हजार २३३ मत ल्याएका छन्।

उपमेयरतर्फ पनि सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले ३९ हजार १२९ मत ल्याएका छन्। एमाले–राप्रपा गठबन्धनबाट उपमेयर उम्मेदवार हिमला गुरूङले २२ हजार ९११ मत ल्याएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here