धरान उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार राई निर्वाचित

काठमाडौं, ८ जेठ । धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराज राई (हर्क साम्पाङ) निर्वाचित भएका छन् ।

राईले २० हजार ८२१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १६ हजार ५९ मत प्राप्त गरे ।

उपप्रमखमा नेकपा माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघा निर्वाचित भएका छन् । बेघा २० हजार ५१० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमलेका पदमप्रसाद लिम्बुले १७ हजार ६०६ मत प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here