काठमाडौं महानगर: सिंह र स्थापितको मतान्तर बढ्यो, बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं, ८ जेठ । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले एमालेका केशव स्थापितलाई पछि पारेकी छन्।

१ लाख १६ हजार ८८५ गणनामा शाहले ४१ हजार २७९ मत ल्याएका छन्।

पछिल्लो मतगणनाअनुसार कांग्रेसका सिर्जना सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै अगाडि बढेकी छन्। अद्यावधिक मतपरिणामअनुसार सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्।

सिंहलाई बालेनले १७ हजार ४२४ मतले पछि पारेका छन्।

यस्तै स्थापितले २३ हजार २४ मत ल्याएका छन्। स्थापित र सिंहबीचको मतान्तर ८३१ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here