एसी मिलान ११ वर्षपछि सिरी ‘ए’ च्याम्पियन

काठमाडौं । एसी मिलान ११ वर्षपछि इटालीको शीर्ष डिभिजन लिग सिरी ‘ए’ च्याम्पियन बनेको छ ।

सिरी ‘ए’ को अन्तिम खेलमा सस्सुलोलाई ३–० ले पराजित गर्दै मिलान १९औं पटक सिरी ‘ए’ च्याम्पियन बनेको हो ।

मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो। मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे। यस्तै फ्रान्क केस्सीले एक गोल गरे।

जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो। सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here