सौगात र सलोनको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’को ट्रेलर रिलिज

काठमाडौं । चलचित्र ‘घनचक्कर’को ट्रेलर रिलिज भएको छ । आगामी असार १० गतेदेखि देशभर पर्दशनको तयारीमा रहेको चलचित्रको ट्रेलरमा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिकामा देखाइएको छ ।

ट्रेलरमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भन्ने विषय कमेडी शैलीमा देखाइएको छ ।

ट्रेलरमा कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत पनि अटाएका छन् ।

चलचित्र जितेन्द्र राजोपाध्याय निर्देशन गरेका हुन् । निर्माता करुणा अर्याल र संगम भट्ट हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् । सम्पादन मित्र डी गुरुङ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here