भरतपुर महानगरवासीलाई ७ हजार लिटर खानेपानी नि:शुल्क, छोरी जन्मिनेबित्तिकै १ लाखको बीमा

काठमाडौं, ११ जेठ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै उनले महानगरवासीलाई महिनामा ७ हजार लिटर खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा पनि गरिन् ।

त्यस्तै पहिलो निर्णयमा महानगरमा जन्मने छोरीहरूको जन्मिनेबित्तिकै १ लाखको जीवन बीमा गर्ने घोषणा गरिन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनको भरतपुरमा ०७४ को निर्वाचनमा झिनो मतान्तरसहित विजयी भएकी थिइन्।

सत्ता गठबन्धनभित्र भरतपुरको प्रमुख कुन दलले लिने भन्नेबारे निकै चर्को विवाद भएको थियो। छोरीसमेत रहेकी रेणुलाई नजिताए देश नै दुर्घटनामा जाने प्रचण्डको अभिव्यक्तिपछि यहाँको चुनाव झनै रोचक बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here