काठमाडौंको वडा नं १५ मा एकीकृत समाजवादीका डंगोल निर्वाचित

काठमाडौं, १२ जेठ । काठमाडौं महानगरमा नेकपा एकीकृत समाजवादीले एउटा वडा जितेको छ । महानगरको वडा नम्बर १५ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै ईश्वरमान डंगोल निर्वाचित भएका हुन् ।

डंगोलले कांग्रेसका उम्मेदवार जीवन डंगोललाई फराकिलो अन्तरले पराजित गरे । निर्वाचित डंगोलले तीन हजार ४७६ मत ल्याए ।

कांग्रेस उम्मेदवार जीवन डंगोलले एक हजार ५७२ मत ल्याए । एमालेबाट उम्मेदवार बनेका पूर्णकाजी डंगोलले एक हजार ३९३ मत ल्याए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here