‘राजनीतिक वितृष्णाले धेरै ‘बालेनहरू’ जन्मन थाले, पार्टीहरूको अस्तित्व समाप्त हुन्छ’

काठमाडौं, १२ जेठ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जनताहरुमा राजनीतिक वितृष्णा बढ्दै गएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा सुरु भएको छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने चेतावनी दिए ।

‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ । र धेरै बालेनहरु जन्मनेछन् । बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’, खनालको भनाइ छ ।

‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भने, ‘यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here