नवनिर्वाचित मेयरको प्रतिवद्धता-‘हाम्रो विजय भन्दा पनि कार्यको सुरुवात हो, सबैसँग सहकार्य गरेर सुन्दर नगर बनाउनेछौं’

काठमाडौं, १३ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता गरेका छन्।

मेयरमा निर्वाचित भएलगत्तै सम्बोधन गर्दै शाहले सुन्दर र उत्कृष्ट सहर बनाउने घोषणा गरेका हुन् ।

‘काठमाडौं महानगर परिवारको रूपमा रहेको छ। सधै परिवार नै थियो र परिवारनै रहनेछ’, उनले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेका छौं।’

‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं। निर्वाचनको परिणाम जुन आएको छ। यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here