ट्वीटरका लगानीकर्ताले हाले एलन मस्क विरुद्ध मुद्धा

काठमाडौं । ट्वीटरका लगानीकर्ताहरुले एलन मस्क र सामाजिक सञ्जाल प्लेटफर्म विरुद्ध मुद्धा हाल्ने भएका छन् । मुद्दामा उनले क्यालिफोर्नियाको कर्पोरेट कानुनलाई धेरै तरिकाबाट उल्लंघन गरेको उल्लेख गरिएको छ ।

साथै टेस्लाका मालिक मस्कलाई गलत आचरणको आरोप लगाएको छ । किनकि उनको झुटो बयान र बजार हेरफेरले सान फ्रान्सिस्कोमा ट्वीटरको मूख्यालयमा अराजकता सृजना गरेकोे आरोप छ ।

ट्वीटरको सेयर मस्कको अफर प्राइस भन्दा करिव २७ प्रतिशत कम छ । साथै मस्कले ट्वीटरमा आफ्नो महत्वपूर्ण हिस्सेदारीको खुलासमा ढिलाई गरेर कम्पनीको बोेर्ड सदस्य बन्ने योजनालाई आर्थिक रुपमा फाइदा पुरयाएको आरोप छ ।

मस्कले ट्वीटरमा धेरै ट्वीट मार्फत यसमा नियमित प्रयोगकर्तालाई भ्रमित बनाएको आरोप समेत लगाइएको छ । साथै मस्कले ट्वीटरमा ४ दिनपछी बल्ल ट्वीटरसँग अगाडी बढ्न नसकिने बताएका थिए ।

लगानीकर्ताहरुले मार्च १४ सम्म ट्वीटरको ५ प्रतिशत भन्दा बढी सेयर किन्ने खुलासा नगरेर मस्कले १५६ मिलियन रकम बचत गरेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here