‘जनता निर्णायक शक्ति भएकाले जनमतलाई कदर गर्नुस्, धाँधली भएको छैन’- देउवा

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा धाँधली भन्न नमिल्ने बताएका छन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

सार्वभौम जनतालाई निर्णायक शक्ति भएकाले जनमतको कदर गर्नुको विकल्प नरहेको जवाफ पनि एमालेलाई दिएका छन्।

सार्वभौम जनता निर्णायक शक्ति हुने भएकाले निर्वाचनबाट प्राप्त जनमतलाई कदर गरेर अघि बढनुको विकल्प नरहेको पनि उनले स्पष्ट पारे।

‘देशका एकैपटक निर्वाचन गर्नु चुनौतीको विषय हो’, उनले भने,’सीमित स्रोत, साधनबीच पनि निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको छ।’

छिटफुट घटनालाई लिएर निर्वाचनको समग्र प्रक्रिया र परिणामलाई टिप्पणी गर्नु उपयुक्त हुँदैन देउवाले भने ।

यसअघि नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका सांसदहरुले देशका कयौँ ठाउँमा सत्ता पक्षले राज्य श्रोत दुरुपयोग गर्दै धाँधली गरेको आरोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here