रुसद्धारा लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण

काठमाडौं । रुसको लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ।

जलसेनाले शनिबार बारेन्ट्स सागरमा जिर्कोन हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो ।

उक्त मिसाइलले करिब एक हजार किलोमिटर टाढा रहेको ह्वाइट सागरको लक्ष्यलाई प्रहार गरेको थियो।

जिर्कोन रुसको परीक्षणमा रहेको आधुनिक मिसाइल हतियार हो। यो मिसाइल यस वर्षको अन्तिमसम्मा रुसी सेनाले सेवाको प्रयोगमा आउन सक्ने अनुमान छ।

रुसको रक्षा मन्त्रालयले जिर्कोन मिसाइल परीक्षणको भिडिओ पनि सार्वजनिक गरेको छ। जसमा उक्त मिसाइल पानीजहाजबाट प्रक्षेपण गरिएको देख्न सकिन्छ।