‘कबड्डी–४’ नायिकाको विवाद मिल्यो: मिरुना र फुर्पाबीच सहमति, भएको के थियो ?

काठमाडौं । अभिनेत्री मिरुना मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा सहमति भएको छ । दुवै पक्षले क्षमायाचना गरेपछि मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ति स्वीकार गरी अभिनेत्री मगर समक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी छिन् ।

साथै अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।

अभिनेत्री मिरुना मगरले फिल्म हेर्न आएका दर्शकले ‘नियतशव छोएको’ भन्दै झापड हानेर प्रहरीको जिम्मा लगाएकी थिइन्।

उक्त घटनापछि मिरुनाले ‘निर्दोष व्यक्तिलाई झापड हानेर प्रहरीको जिम्मा लगाएको भन्दै’ सामाजिक सञ्जालदेखि सडकसम्म विरोध भएको थियो।

मिरुनाले घटनास्थलमा नै लामालाई माफी माग्न लगाएकी थिइन् । उनको उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेका लामा आज दिउँसो रिहा भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here